नवलपुर : नवलपरासी (पूर्व) देवचुली नगरपालिका वडा नं. १७ स्थित बरचुली मन्दिर नजिकैको पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक पैदल यात्री गम्भीर घाइते भएकी छिन्।
सोमबार बिहान करिब ८:१५ बजे नारायणगढबाट नेपालगञ्जतर्फ जाँदै गरेको से १ च १२७१ नम्बरको बलेरो जिपले सडक पार गर्दै गरेकी स्थानीय ३५ वर्षीया भिभा थापालाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो र गम्भीर घाइते थापालाई तत्कालै भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका लागि पठाइएको छ। हाल उहाँको अवस्था गम्भीर रहेको जनाइएको छ।
सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij