Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने युवक पक्राउ

टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने युवक पक्राउ

काठमाडौं : टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए । सोही भिडियोका आधारमा प्रहरीले पक्राउ गरेको हो ।उनलाई मायादेवी गाउँपालिका–१ पकडी स्थित मायादेवी होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij