Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रुपन्देही : १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने ५० वर्षीय दीपक कुमार क्षेत्रीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

दीपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij