Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

साथीलाई फोन गर्छुु भनेर मोबाइल मागेर भाग्ने तीन जना पक्राउ

साथीलाई फोन गर्छुु भनेर मोबाइल मागेर भाग्ने तीन जना पक्राउ

काठमाडौं : प्रहरीले मोबाइल लुटपाटमा संलग्न तीनजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।पीडितको निवेदनका आधारमा प्रहरीले शिखरजंग थापा भनिने नवराज सुनुवार, राज निष्ट यादव र सुरेश ठाकुर हजामलाई पक्राउ गरेको हो ।

गत शुक्रबार दिउँसो पौने ४ बजे बसुन्धारामा मोटरसाइकलमा आएका दुईजनाले ट्याक्सीचालक प्रेम तामाङको बा२ज ३४५८ को ट्याक्सी ठमेलमा सामान लिन जाने भनेर रोकेको र फोन गर्नका लागि भनेर मोबाइल मागेर भागी फरार भएको भनी पीडितले दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानमा पक्राउ परेकाहरूले विभिन्न स्थान र व्यक्तिबाट मोबाइल लुट्ने गरेको पाइएको थियो ।उनीहरूको साथतबाट प्रहरीले विभिन्न कम्पनीका चार थान मोबाइल बरामद गरेको छ ।पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij