Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

शंखरापुरमा श्रीमतीको हत्या, श्रीमान् फरार

शंखरापुरमा श्रीमतीको हत्या, श्रीमान् फरार

काठमाडौं : काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ ।आइतबार राति सवा ९ बजे शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक रामेछाप खाडादेवी गाउँपालिका–७ घर भएकी पुतली घिसिङ रहेकी छिन् । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको छ ।तर हतियार घटनास्थलमा प्रहरीले फेला पारेको छैन । प्रहरीका अनुसार ११ वर्षीय रिदम घिसिङ र १० वर्षीया संजिता घिसिङ सामान्य घाइते अवस्थामा फेला परेका थिए ।

रिदम र संजिताको उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । मृतकको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ ।घटनास्थलबाट मृतक पुतलीका श्रीमान ५२ वर्षीय पदम घिसिङ फरार छन् । उनको प्रहरीले खोजतलास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij