Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रहरी कुटपिट गर्ने अस्कलका स्ववियु सचिव प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी

प्रहरी कुटपिट गर्ने अस्कलका स्ववियु सचिव प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी

काठमाडौं : आइतबार प्रहरी जवानको लिखित परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं नयाँबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा अर्कैको नाममा परीक्षा दिएको आरोपमा शनिबार उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेहरूमा दोलखाका मोहन सुनुवार, कालिकोटका गोपाल शाही, सुर्खेतका मनोज शर्मा, दैलेखका आकाश खड्का, सुर्खेतका उमेश शर्मा र जुम्लाका मीन रावल छन् ।

पक्राउ परेकामध्ये एकजना नेकपा एमाले निकट अनेरास्ववियुबाट स्ववियु चुनाव जितेका व्यक्ति रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोपाल शाही काठमाडौँको अमृत साइन्स (अस्कल) क्याम्पसका निर्वाचित स्ववियु सचिव हुन् ।उनी गत चैत १० गते भएको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट सचिव पदमा विजयी भएका थिए ।

अस्कलका सचिव शाही भने यसअघि गत माघ २४ गते राति ठमेलमा ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि भएको कुटपिटमा पनि संलग्न थिए । सो घटनामा उनले पछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij