कालीकोट : कालीकोट जिल्लाको पलाँतामा ट्याक्टर दुर्घटना भएको छ । गए राती भएको ट्याक्टर दुर्घटनामा चालक सहित चार जनाको मृत्यु भएको छ । पलाँता –९ थिर्पुबाट खिन तर्फ जाँदै गरेको ट्याक्टर पलाँता - २ लार्फा गाउँ नजिक राती ११ बजे दुर्घटना परेको प्रहरीले जनाएको छ । ट्याक्टर खाद्यान्न लिएर जाँदै गर्दा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा पलाँता ५ का वर्ष ३२ का अम्मा शाही, पलाँता ४ का बर्ष ३८ का सदु वुढा, बर्ष २३ रवीन्द्र बिक र ट्याक्टर चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकाया रहेको प्रहरीले जनाएको छ । ट्याक्टर भिरबाट खसेकाले नम्बर पत्ता लगाउन नसकेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij