Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पाथीभरा जाँदै गरेको जिपमा आगलागी : ४ जनाको मृत्यु, दुई घाइते

पाथीभरा जाँदै गरेको जिपमा आगलागी : ४ जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङ : ताप्लेजुङमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर करेन्ट लागेको हो ।

बिजुलीको तारबाट बोलेरो जीपमा करेन्ट प्रवाह भएपछि आगो लागेको प्रहरीले जनाएको छ ।मृतकको सनाखत हुन बाँकी छ । गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij