Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रोल्पामा कुकुरलाई यातना दिएर मारेको आरोपमा दुई बालक पक्राउ

रोल्पामा कुकुरलाई यातना दिएर मारेको आरोपमा दुई बालक पक्राउ

काठमाडौं : रोल्पाको लुम्री गाउँपालिका–७ हार्जाङमा कुकुर मारेको आरोपमा प्रहरीले दुई बालकलाई पक्राउ गरेको छ ।हार्जाङ घर भएका ११ र १८ वर्षका दिलबहादुर पुनका दुइभाई छोराहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

गाउँमा कुकुरले १४ जनालाई टोकेको आरोपमा उनीहरुले वैशाख ३ मा झुण्ड्याएर यातना दिएर कुकुर मारेका हुन् ।कुुकुरलाई झुण्ड्याएर यातना दिएको भिडियो सामाजिक सञ्जालमा देखिएपछि उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ ।

कुुकुरलाई यातना दिएर मारेको घटनामा संलग्न अर्का एकजना दाङमा पक्राउ परेका छन् । दाङको लमहीमा पक्राउ गरेर स्थानिय सुन्दर परियारलाई रोल्पा लगिँदै छ ।उनीहरुहरु विरुद्ध प्रहरीले पशुपन्छी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij