Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तनहुँको नेपालडाँडामा माइक्रो र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ जना घाइते

तनहुँको नेपालडाँडामा माइक्रो र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ जना घाइते

दमौली : तनहुँको भानु नगरपालिका-१० स्थित नेपालडाँडामा आइतबार दिउँसो माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।डुम्रे-बेसीशहर सडकखण्डमा डुम्रेबाट लम्जुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

दुर्घटनामा परी स्कुटरमा सवार मनाङ नासोँ गाउँपालिका-८ का ४० वर्षीय मन घलेको लम्जुङको नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै स्कुटर पछाडि सवार लम्जुङ, बेसीशहर नगरपालिका-८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा निधन भएको सूचना अधिकारी थापाले बताए ।दुर्घटनामा घाइते भएका १४ जनालाई डुम्रे र सिउडीबारका अस्पतालहरूमा उपचारत छन् । गम्भीर केहीलाई चितवन रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij