Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सहकारी बन्द गरी संचालक तथा कर्मचारीहरु फरार, बचतकर्ता अलपत्र

सहकारी बन्द गरी संचालक तथा कर्मचारीहरु फरार, बचतकर्ता अलपत्र

बुटवल : बुटवलस्थित कालिकानगरमा रहेको सनराईज बहुउद्देश्यीय सहकारी लिमिटेडका संचालक तथा कर्मचारीहरु कार्यालय बन्द गरि सम्पर्क बिहिन भएका छन ।अध्यक्ष र संचालकहरु रकम हिनामिना गरी फरार भएको भन्दै कर्मचारीले सुचना टाँसेर कार्यालय अनिश्चितकालका लागि बन्द भएको जानकारी गराई सम्पर्कबिहीन भएका हुन् ।

आफूले दुःख गरी बचाएको रकम सहकारीले ठगेर भागेपछि बुटवलमा संचालित सनराइज बहुउद्देयीय सहकारी संस्था लि.का बचत कर्ताहरु तनावमा परेका हुन् । सहकारीमा पुगेका केही वचतकर्ता, संचालक र कर्मचारीहरुलाई सम्पर्कको प्रयास गरिरहेका छन् तर कोही पनि सम्पर्कमा आएका छैनन् ।

वचतकर्ताहरुका अनुसार पछिल्लो समय सहकारी संचालक तथा कर्मचारीहरुले बढी ब्याज आउने आकर्षक योजना खोलेको बताउँदै मुद्धति वचतका लागि सर्वसाधारणलाई आकर्षित गर्दै आएका थिए ।ब्याज धेरै पाउने लोभमा आफ्नो दुःखसुख गरी जम्मा गरेको रकम नदिइ संचालक तथा कर्मचारी फरार भएपछि बचतकर्ता चिन्तित बनेका छन् ।

चैत ३१ गतेसम्म बजारवाट रकम उठाएको सहकारीले सोही दिन अध्यक्ष फरार रहेकाले समस्या भएको सूचना टाँसेर सहकारी बन्द रहने जानकारी गराएको छ ।सुचनामा सहकारीका अध्यक्ष आकाश भट्रराईले आर्थिक अपचलन गरि केही समयदेखि सम्पर्कमा नआएको र अध्यक्षको खोजी जारी रहेकाले सहकारी बन्द गरिएको बताइएको छ ।

सहकारीको संख्या बढेपनि सरकारले अनुगमन र नियमन नीति कडा पार्न नसकेका कारण सहकारी संचालकले ठग्ने र सर्वसाधारण वचतकर्ता ठगिने शिलशिला बढीरहेको छ । सहकारीहरु धमाधम ठग्दै भाग्दै गरेका बेला सहकारीको रकमको सुरक्षा कसले गर्ला प्रश्न उब्जीएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij