बुटवल : बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। बुटवल–११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ।
पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर खाजा घर सञ्चालन गरेकी थिइन् । रुपन्देही एसपी रञ्जित सिह राठौरले ९ः३० बजेतिर मोटरसाइकलमा आएका युवाले २९ वर्षीय अविवाहित युवतीलाई गोली प्रहार गरेको रातोपाटीलाई बताए ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij