Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

बारा : बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्ग अन्तरगत बाराको पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित भुईपुल नजिकै टिपर र गाडी (कार) ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउसो ३ बजे निजगढबाट पथलैया तर्फ जाँदै गरेको प २–०३–००१ ख ०६०७ नम्बरको टिप्पर र पथलैयाबाट निजगढ आउदै गरेको बा ०१ ०२५ च ५०७६ नम्बरको .कार एक आपसमा ठोकिदा सो दुर्घटना भएको हो

उक्त दुर्घटना हुँदा कारमा सवार सर्लाही बर्हथवा नगरपालिका–१५ हजरियन बस्ने ४६ वर्षीय नारायण हरी शर्माको मृत्यु भएको छ भने मुत्यू भएका कार चालकको हालसम्म परिचय भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुशवाहाले बताउनुभएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि निजगढ नगरपालिका स्थित प्रसुती अस्पताल लगिएको थियो तर चेकजाँच गर्दा दुवै जनाको मृत्यु भईसकेको अस्पताल प्रशासनले जनाएको छ । दुर्घटनापछि टिपर चालक फरार रहेका छन भने उनको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij