कैलाली : गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख लागुऔषधसहित समातिएका छन् ।आँखा अस्पतालको मार्तडी शाखा प्रमुख नेत्र सहायक अंकित कु. निगम बानिया लागुऔषधसहित पक्राउ परेका हुन् ।बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको राजपुरबाट लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विशेष सूचनाका आधारमा बानियासहितका दुई जनालाई धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्लाष्टिकसहित १० ग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय बानिया र त्रिणेवी नगरपालिका–८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरीलाई लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको जानकारी दिए ।
धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बानियाले चलाएको लुप्रप्र ०१००१प९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पछाडि सवार गिरीले बोकेको झोलाभित्र राखेको अवस्थामा प्लाष्टिकसहित १० ग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ८० मिलीग्राम खैरो हेरोईन बरामद गरिएको डीएसपी बोहराले बताए ।दुवै जनामाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij