काठमाडौँ : सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र विदुर कोइरालाको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते मेयर थापाविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अनुसन्धानको जाँच अवधिमा थापाको सम्पूर्ण व्यय ९खर्च तथा लगानी० मा घर(जग्गा खरिद, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट उपभोग गरेको कर्जा ऋणको साँवा ब्याज तिरेको रकम, जीवन बिमा प्रिमियम भुक्तानीमा भएको खर्च, विभिन्न कम्पनीहरूमा लगानी भएको खर्च, अध्ययन खर्च, शेयर खरिद खर्च, सवारी साधन खरिदमा भएको खर्च, सेवा दस्तुर बापत तिरेको रकम र बैङ्क मौज्दात रकमसमेत गरी १३ करोड २० लाख तीन हजार तीन सय ९१ रुपैयाँ ८४ पैसा खर्च तथा लगानी भएको देखिएको थियो ।
जसमध्ये पाँच करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ पैसाको स्रोत नखुलेको आयोगको अनुसन्धानबाट खुलेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij