Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

चट्याङ लागेर एकै परिवारका चार जना घाइते

चट्याङ लागेर एकै परिवारका चार जना घाइते

संखुवासभा : जिल्लाको खाँदबारी नगरपालिका-९ साठिमुरेमा चट्याङ लागेर एकै परिवारका चार घाइते भएका छन् ।खाँदबारी–९ साठिमुरेमा हावाहुरी तथा पानी सँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका हुन् ।

सोमबार बेलुकी साढे ४ बजे पानी सँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।

चट्याङ लागेर खाँदबारी-९ साठिमुरेकी कोपिला श्रेष्ठ, १८ बर्षीय छोरा गगन श्रेष्ठ, १८ बर्षीया बुहारी बविता मगर र १३ बर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएको प्रहरी नायव उपरीक्षक बस्नेत बताउनुभयो ।घाइते चारै जनाको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको छ । उपचाररत चारैजना खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij