Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’

‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’

काठमाडौँ : नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते राजधानीको तीनकुने घटनाको जिम्मेवारी लिनुपर्ने बताएको छ । सोमबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराजाले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेपनि जिम्मेवारी नलिएको बताए ।

उनले भने, ‘उहाँले १५ गतेको घटनाको बारेमा दुःख प्रकट गर्नुभयो, बडो गाह्रो मानमानी । तर, त्यो घटनाको जिम्मेवारी लिनुपदैन रु उहाँले फागुन ७ गते म अगाडि बढेँ, मलाई साथ दिनुस् भनिसकेपछि र कमाण्डर तोकिसकेपछि उहाँ जवाफदेही त हुनुपर्छ ।’

उनले पूर्वराजामा अझै पनि उक्त घटनाबारे पश्चाताप नदेखिएको बताए । चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा २ जनाको मृत्यु हुनुका साथै तोडफोड, आगजनी र लुटपाटको घटना भएका थिए ।उक्त घटनाबारे नयाँ वर्षको अवसरमा उनले दिएको शुभकामनामा दुःखमात्रै व्यक्त गरिएको भन्दै ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij