Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

८९४ किलो अवैध शालिग्राम बरामद

८९४ किलो अवैध शालिग्राम बरामद

मुस्ताङ : प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको ८९४ केजी शालिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, घमिबाट जोमसोमतर्फ आउँदै गरेको ग३च ८१५२ नम्बरको बोलेरो जीपमा अवैध शालिग्राम फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं इन्स्पेक्टर विशाल अधिकारीले जानकारी दिए ।

लोघेकर दामोदरकुण्ड–५, सुर्खाङका ४१ वर्षीय कुनसाङ रेञ्जिङ गुरुङले बोलेर जीपमा लोड गरेर लुकाइछिपाइ शालिग्राम जोमसोमतर्फ ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय छुसाङले बरामद गरेको इन्स्पेक्टर अधिकारीको भनाइ छ ।अवैध रूपमा ल्याउँदै गरेको शालिग्रामसहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij