काठमाडौँ : पूर्वराजाको समर्थनमा चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनी गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रुपमा क्षति भएको थियो ।
आगजनीमा संलग्न आरोपमा प्रवीण जोशी र सुरज गौतम पक्राउ गरेका छन् । उनीहरूलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
रातोपाटीलाई प्राप्त भिडियो अनुसार आगजनी गर्दै एक जना आरोपीले भनेका छन्, ‘बल्यो बल्यो हाम्रो आन्दोलन रोकिने वाला छैन, दम भए रोकेर देखाऊ ।’ ती आरोपीले पूर्वराजा र रानीको फोटो प्रिन्ट गरिएको टिसर्ट लगाएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij