काठमाडौं : रौतहटको राजदेवी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाबाट एक भारतीय युवक हतियार र लागुऔषधसहित पक्राउ परेका छन् ।शनिबार राति जयसवाल मदिरा पसल बाहिर होहल्ला र झैझगडा गरिरहेको सूचना पाएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले भारत बिहार,सीतामढीका २३ वर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको हो ।
खानतलासी गर्दा उनको साथबाट म्यागजिन र लगपिन नभएको पेस्तोल एक थान,कोरेक्स तीन बोतल,नाइट्रोभेट पाँच ट्याब्लेट र एक थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।पक्राउ परेका कुमारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij