काठमाडौँ : प्रहरीले कपिलवस्तुबाट भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । वाणगंगा नगरपालिका–१ घर भएका गंगाराम थारुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले बताए ।
उनको घर खानतलासी गरेर प्रहरीले लाइसेन्स नभएको भरुवा बन्दुक बरामद गरेको छ । ५८ वर्षीय गंगाराम थारुमाथी अदालतबाट म्याद लिएर अनुसन्धान गरिने डीएसपी अधिकारीले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij