Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सामाजिक सञ्जालमार्फत चरित्रहत्या अभियोगमा पक्राउ

सामाजिक सञ्जालमार्फत चरित्रहत्या अभियोगमा पक्राउ

काठमाडौँ: सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं ४ का २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।सञ्जालमार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी पीडित युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि दुरूपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्द प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राख्ने भनी धम्की दिएको भन्ने उजुरीका आधारमा उनलाई साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij