काठमाडौँ : काठमाडौँ महानगरपालिका–३१ शंखमूलमा एकजना पुरुषको शव भेटिएको छ । मोरङको विराटनगर घर भएर शंखमुलमा डेरी गरेर बस्ने युवराज ढकालको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
४५ वर्षीय ढकाल आफ्नै डेरामा मृत भेटिएका हुन् । उनी विराटनगर महानगरपालिका–३ का स्थानीय हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij