Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो

बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो

रौतहट : रौतहटको बागमती खोलामा नुवाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । बागमती खोलाको किनारमा नदिजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा डुबेर युवकको ज्यान गएको हो ।वृन्दावन नगरपालिका वडा नम्बर १ तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

अत्याधिक गर्मी भएपछि नुवाउन युवक नजिकको बलेरी स्थित बागमती खोलामा पुगेको स्थानीय बताउँछन् । स्थानीयवासीका अनुसार उत्खननपछि बनेको गहिरो खाडलमा जमेको पानीमा नुवाउने क्रममा प्रजाको मंगलवार बेलुका ज्यान गएको हो ।

खाडलको औसत गहिराई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ । घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij