Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ

तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ

काठमाडौँ : तीनकुनेमा चैत १५ मा भएको पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी कमल विष्टलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको ठेचो घर भएका विष्ट राप्रपा नेपालका विद्रोही नेता केशरबहादुर विष्ट निकट हुन् ।

उनलाई ढोलाहिटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । विष्टले सामाजिक सञ्जालमा नेपालमा श्रीलङ्का र बङ्गलादेशको शैलीमा आन्दोलन गर्ने अभिव्यक्ति दिएका छन् । उनले आईजीपी दीपक थापाबारे पनि सामाजिक सञ्जालमा अश्लील गालीगलौज गरेको आरोप छ । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij