Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भीरबाट खसेको ढुङ्गाले लागेर एक्साभेटर चालकको मृत्यु

भीरबाट खसेको ढुङ्गाले लागेर एक्साभेटर चालकको मृत्यु

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगर चुनपहरा खण्डमा मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत कार्यरत एक्साभेटर चालकको मृत्यु भएको छ। व्यास नगरपालिका–९ का ४० वर्षीय सुकबहादुर गुरुङको आज दुर्घटनामा परेर ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार अनुसार सडक आयोजनाको कामका क्रममा बिग्रिएको एक्साभेटर मर्मत गर्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर चालक गुरुङको मृत्यु भएको हो । ढुङ्गाले लागेर घाइते भएका गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij