Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

इसेवाको नाममा भ्रामक एसएमएस, लिंक क्लिक नगर्न आग्रह

इसेवाको नाममा भ्रामक एसएमएस, लिंक क्लिक नगर्न आग्रह

काठमाडौँ : डिजिटल वालेट इसेवाको नाममा स्क्यामरले भ्रामक एसएमएस पठाएको पाइएको छ । इसेवाले एक सूचनामार्फत एटी अलर्ट नामक सर्ट कोडबाट इसेवा ग्राहकहरूलाई भ्रमित पार्न एसएमएसहरु पठाइरहेको पाइएको भन्दै सचेत रहन ग्राहकलाई अनुरोध गरेको छ ।

यी सन्देशहरू इसेवाबाट पठाइएका होइनन् र यस्ता भ्रामक सन्देशको पछि लागेर कुनै पनि लिंकमा क्लिक नगर्न तथा आफ्नो व्यक्तिगत वा वित्तीय विवरण प्रदान नगर्न अनुरोध गरिन्छ’, इसेवाले मंगलबार एक सार्वजनिक सूचनामार्फत भनेको छ ।

कम्पनीबाट आउने सम्पूर्ण एसएमएस नोटिफिकेसनहरु इसेवा, इसेवा अलर्ट, ३२१३१ र ३२१२१ मार्फत मात्रै आउने इसेवाले स्पष्ट पारेको छ । यस्तै कम्पनीले ग्राहकरुको ओपीटी, एमपीन र पासवर्ड कहिल्यै नमाग्ने पनि सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij