Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु

मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु

नयाँ दिल्ली : इन्डिगो एयरलाइन्सको उडानमा ८९ वर्षीया एक वृद्धाको मृत्यु भएको छ । वृद्धाको मृत्युपछि विमानलाई महाराष्ट्रको छत्रपति संभाजीनगर विमानस्थलमा आपतकालीन अवतरण गर्न लगाइएको थियो ।

आइतबार राति मुम्बई–वाराणसी उडानलाई चिकलथाना विमानस्थलमा आपतकालीन अवतरण गरिएको विमानस्थलका एक अधिकारीले सोमबार बताएका छन् ।

उत्तर प्रदेशको मिर्जापुरकी मूल निवासी सुशीला देवी मुम्बईबाट उडानमा चढेकी थिइन् । विमान आकाशमै रहँदा उनको स्वास्थ्य बिग्रन थाल्यो । स्वास्थ्य आपतकालीन अवस्थाका कारण उडान राति करिब १० बजे चिकलथाना विमानस्थलमा अवतरण गरियो । अवतरणको समयमा मेडिकल टोलीले महिलाको जाँच गरेको थियो तर त्यतिन्जेलसम्म उनको मृत्यु भइसकेको थियो ।

एमआईडीसी सिडको प्रहरी चौकीमा आवश्यक औपचारिकताहरू पूरा गरेर विमान पुनः वाराणसीको लागि प्रस्थान गरेको अधिकारीले बताएका छन् । एयरलाइन्सका अनुसार महिलाको शव छत्रपति संभाजीनगरस्थित सरकारी मेडिकल कलेज तथा अस्पतालमा पठाइएको छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij