Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

वीरगञ्ज भन्सार नजिकै सुनचाँदीसहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज भन्सार नजिकै सुनचाँदीसहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज: वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय परिसरबाहिर त्रिभुवन राजपथ सडकखण्डमा अवैध रुपमा सुनचाँदी ओसारपसार गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।

सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी हवल्दार गंग बहादुर विकको नेतृत्वमा खटिएको चेक प्वाइन्ट ड्युटी टोलीले भारततर्फ जाँदै गरेका सवारी साधन र व्यक्तिहरूको निगरानी गर्ने क्रममा उनीहरूलाई सुन र चाँदीसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरुमा भारत पश्चिम बङ्गाल प्रान्त, पश्चिम मेदिनीपुर जिल्लास्थित किशोरनगर निवासी करिब ३५ वर्षीय सौमेन गुचैट र जोतेकानुरामगढ़ निवासी करिब २५ वर्षीय अमित दास रहेका छन्।उनीहरू काठमाडौंस्थित विभिन्न सुन पसलहरूसँग मिलेर ग्राहकको अर्डरमा बनेको सुन गहना लिएर भागेको सूचनाका आधारमा निगरानी गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

बरामद सुनका झुम्का: २ सेट (करीब ८२ लाल) सुनको रिङ्ग: १ सेट (करीब ३० लाल) सिक्री लकेट: १ थान (करीब ३० लाल) सुनको गणेश–लक्ष्मी मूर्ती लकेट: १ थान (करीब ४ लाल) सुनका टुक्रा: करीब १ तोला चाँदीको लक्ष्मी मूर्ती: करीब २ तोला रहेका छन्।जम्मा गरगहना र सुनको परिमाण अन्दाजी २ तोला ६६ लाल बराबर रहेको डिएसपी लोकेन्द्र सुब्बाले जानकारी दिए।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी इनरुवामा बुझाइएको छ। सशस्त्र प्रहरीले नेपाल–भारत सीमाक्षेत्रमा हुने अवैध कारोबार रोकथाममा निगरानी कडा बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij