काठमाडौं : आइक्यू एअरका अनुसार आइतबार बिहान काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ । एक सातादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषणको अवस्था अस्वस्थकर रहँदै आएको हो ।
अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) २११ रहेको छ । भारतको दिल्ली पहिलो स्थानमा छ । त्यहाँको एक्यूआई २९० रहेको छ । यस्तै, तेस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ त्यहाँ १९९ एक्यूआई छ । लामो समयदेखि पानी नपर्दा र नेपालका विभिन्न जंगलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको छ ।
स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । साथै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij