Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सुनसरीमा अज्ञात समूहले जंगलमा चलायो गोली, एकजना घाइते

सुनसरीमा अज्ञात समूहले जंगलमा चलायो गोली, एकजना घाइते

सुनसरी : सुनसरीमा अज्ञात समूहले एक युवकमाथि गोली प्रहार गरेको छ ।जिल्लाको बराहक्षेत्र-१ सूर्यकुण्डका १९ वर्षीय निरज राईमाथि शनिबार दिउँसो गोली प्रहार भएको हो ।प्रहरीका अनुसार घाँस काट्न गएका राईको दाहिने खुट्टाको घुँडामाथि गोली लागेको छ ।

उनी सिकिस्त अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका छन् ।एकान्त जंगलमा भएको गोली प्रहारको कारण र दोषी पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij