काठमाडौँ : गएराति जाजरकोट जिल्लाको कुसे गाउँपालिका–९, पैकमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ८ जा घाइते भएका छन् । भूकम्पमा परी रुकुम (पश्चिम) मा २ जना र जाजरकोटमा ६ जना गरी ८ जना घाइते भएका थिए । जसमध्ये ३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
जाजरकोटका ३ जना तथा रुकुम (पश्चिम)का २ सहित ५ जना उपचाररत छन् । उपचाररत ५ जनामध्ये ४ जनाको अवस्था सामान्य र १ जनाको अवस्था मध्यम रहेको जनाइएको छ । जाजरकोट, रुकुम (पश्चिम) र कालिकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवनहरूमा सामान्य चिरा परेको एवं भवनहरू चर्किएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
उनीहरू भवन संरचना भत्किएर नभई भूकम्प आएको बेला आत्तिएर घरको छत वा अग्लो भागबाट हाम फाल्दा, अत्तालिएर भाग्न खोज्दा घाइते भएको जनाइएको छ । नेपाल भूकम्पीय जोखिमको दृष्टिकोणबाट निकै संवेदनशील र जोखिमपूर्ण क्षेत्रमा पर्ने र यस प्रकारका भूकम्पका कम्पन/पराकम्पन जुनसुकै बेलामा आउन सक्ने देखिएकोले सुरक्षित तरिकाले बस्न प्राधिकरणले अनुरोध गरेको छ ।
साथै भूकम्प गएको बेला वरपरको स्थिति समेत विचार गर्दै सावधानीपूर्वक सुरक्षित स्थानमा जान, भवन संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी हुने गरी बनाउन एवं भूकम्पीय सुरक्षाको दृष्टिकोणबाट पालना गर्नुपर्ने नियमहरूको पालना गर्न समेत प्राधिकरणले अनुरोध गरेको छ ।
शुक्रबार राती ८ः ०७ बजे र लगत्तै ८ः १० बजे जाजरकोट जिल्लाको कुसे गाउँपालिका–९, पैकमा केन्द्रबिन्दु बनाएर क्रमशः ५.२ र ५.५ म्याग्निच्यूडका दुई वटा भूकम्प गएको थियो ।
काठमाडौँ । गएराति जाजरकोट जिल्लाको कुसे गाउँपालिका–९, पैकमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ८ जा घाइते भएका छन् । भूकम्पमा परी रुकुम (पश्चिम) मा २ जना र जाजरकोटमा ६ जना गरी ८ जना घाइते भएका थिए । जसमध्ये ३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
जाजरकोटका ३ जना तथा रुकुम (पश्चिम)का २ सहित ५ जना उपचाररत छन् । उपचाररत ५ जनामध्ये ४ जनाको अवस्था सामान्य र १ जनाको अवस्था मध्यम रहेको जनाइएको छ । जाजरकोट, रुकुम (पश्चिम) र कालिकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवनहरूमा सामान्य चिरा परेको एवं भवनहरू चर्किएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
उनीहरू भवन संरचना भत्किएर नभई भूकम्प आएको बेला आत्तिएर घरको छत वा अग्लो भागबाट हाम फाल्दा, अत्तालिएर भाग्न खोज्दा घाइते भएको जनाइएको छ । नेपाल भूकम्पीय जोखिमको दृष्टिकोणबाट निकै संवेदनशील र जोखिमपूर्ण क्षेत्रमा पर्ने र यस प्रकारका भूकम्पका कम्पन/पराकम्पन जुनसुकै बेलामा आउन सक्ने देखिएकोले सुरक्षित तरिकाले बस्न प्राधिकरणले अनुरोध गरेको छ ।
साथै भूकम्प गएको बेला वरपरको स्थिति समेत विचार गर्दै सावधानीपूर्वक सुरक्षित स्थानमा जान, भवन संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी हुने गरी बनाउन एवं भूकम्पीय सुरक्षाको दृष्टिकोणबाट पालना गर्नुपर्ने नियमहरूको पालना गर्न समेत प्राधिकरणले अनुरोध गरेको छ ।शुक्रबार राती ८ः ०७ बजे र लगत्तै ८ः १० बजे जाजरकोट जिल्लाको कुसे गाउँपालिका–९, पैकमा केन्द्रबिन्दु बनाएर क्रमशः ५.२ र ५.५ म्याग्निच्यूडका दुई वटा भूकम्प गएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij