Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बाराबाट ११ किलो बढी चरेससहित एक जना पक्राउ

बाराबाट ११ किलो बढी चरेससहित एक जना पक्राउ

बारा : बारा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२१ स्थितबाट ११.६८ किलो लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाइकल र लागुऔषध चरेससहित मकवानपुरको थाहा नगरपालिका–६ का ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा जाँच गर्दा मोटरसाइकलबाट ठूलो परिमाणमा चरेस बरामद भएको बारा प्रहरीले जनाएको छ ।

हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा ४८ प ९३३ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकललाई रोकेर जाँच गर्दा सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा चरेस जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । तौल गर्दा प्लास्टिक सहित उक्त लागुऔषधको तौल ११.६८ किलो रहेको पुष्टि भएको छ।

पक्राउ परेका थिङलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij