Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एम्बुलेन्समा लुकाएर ल्याउँदै गरेको लागुऔषध ललितपुरबाट बरामद

एम्बुलेन्समा लुकाएर ल्याउँदै गरेको लागुऔषध ललितपुरबाट बरामद

काठमाडौँ : ललितपुरको भट्टेडाँडाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ । मकवानपुरबाट एम्बुलेन्समा लुकाएर उपत्यकातर्फ ल्याउँदै गरेको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले  बताए ।

प्रहरीले एम्बुलेन्समा लुकाएको अवस्थामा ९४ हजार ट्याब्लेट ट्रामाडोल बरामद गरेको छ । सो लागुऔषध काराेबारमा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरिएको परिसरका एक जना अधिकृतले बताए । त्यसबारे जानकारी गराउन ललितपुर प्रहरीले शनिवार मध्यान्ह पत्रकार सम्मेलन आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij