Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बालुवा तस्करको अक्रमणबाट दुई नगर प्रहरी घाइते

बालुवा तस्करको अक्रमणबाट दुई नगर प्रहरी घाइते

काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिकामा अवैध रूपमा बालुवा र ढुंगा उत्खनन गर्ने ट्याक्टर नियन्त्रण गर्न खोज्दा नगर प्रहरीमाथि आक्रमण भएको छ ।बालुवा तस्करी रोक्नेक्रममा उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी असई सञ्जय गिरी र हवलदार बिनोद रेउलेमाथी आक्रमण भएको हो ।

बुधबार बेलुका ७ बजेतिर तुलसीपुर–१२, एयरपोर्ट नजिकै बालुवा तस्करहरुले ग्वारखोलामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा लिन गएका नगर प्रहरीमाथि आक्रमण गरेको उपमहानगरपालिकाले जनाएको छ ।आक्रमणबाट नगर प्रहरी असई गिरी र हवलदार रेउले घाइते भएका छन्।

असई गिरीको नेतृत्वमा रहेका चार जना नगर प्रहरीले रा १ त, ४०२३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिन खोज्दा ट्याक्टर चालक तथा सवारी धनी लगायतका व्यक्तिहरूले अवरोध गर्दै घरेलु हतियारसहित आक्रमण गरेका थिए ।घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij