Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बयान फेर्नेलाई अख्तियारले चलायो मुद्दा

बयान फेर्नेलाई अख्तियारले चलायो मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिएको मुद्दामा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार नेपाल सरकार वादी र धनेश्वर प्रसाई प्रतिवादी रहेको घुस/रिसवत लिएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी भोजराज भट्टराईले अनुसन्धान अधिकृतसमक्ष दिएको बयानको विपरीत विशेष अदालतमा बकपत्र गरेका थिए।

संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका वडा नं. ६ निवासी भोजराज भट्टराईले विशेष अदालतमा दिएको बकपत्र अनुसन्धान अधिकृत समक्ष दिएको बयान विपरीत रहेको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही गर्न आरोपपत्र दायर गरिएको हो।

उक्त आरोपपत्रमा भोजराज भट्टराईले प्रतिवादी धनेश्वर प्रसाईलाई तीन लाख रुपैयाँ घुस/रिसवत दिएको पुष्टि भएको भन्दै सोही रकम बिगो कायम गरी कारबाहीको माग गरिएको छ। साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाहरू अनुरूप जरिवाना र कैद सजायको व्यवस्था हुनुपर्ने माग गरिएको छ।

आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी प्रवक्ता राजेन्द्र कुमार पौडेलले दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij