मकवानपुर : मकवानपुरमा लागुऔषध कारोबारीले प्रहरीलाई कुटपिट गर्दै पेस्तोल लुटेर फरार भएका छन् ।जिल्लाको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्कस्थित जंगलमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर आरोपीहरु फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर स्रोतका अनुसार गएराति देखिनै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भएपनि हतियार अझै फेला परेको छैन ।
लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि हवल्दार तामाङ र सहायक हवल्दार गोविन्द्र मग्रातीसहितको टोली त्यस जंगलमा पुगेको थियो । तर प्रहरीको टोलीलाई देखेपछि २ केजी अफिम र मोटरसाइकल छाडेर उनीहरु भागेको बुझिएको छ ।
बरामद गरिएको अफिम र मोटरसाइकल लिएर ईलाका प्रहरी कार्यालय तर्फ आउँदै गर्दा ठुलो समूहले प्रहरीलाई घेरा हालेको थियो ।सोही बेला प्रहरीलाई कुटपिट गरेर पेस्तोल लुटेर उनीहरु भागेको प्रहरीले जनाएको छ । लागुऔषध कारोबारीको खोजीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij