Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तीनकुने घटना : यी हुन् प्रदर्शन हिंसात्मक भएपछि पक्राउ परेका राजावादी नेताहरु

तीनकुने घटना : यी हुन् प्रदर्शन हिंसात्मक भएपछि पक्राउ परेका राजावादी नेताहरु

काठमाडौँ : राजसंस्था पुनःस्थापनाको आन्दोलन भड्काएर हिंसात्मक बनाउन योजनाबद्ध भूमिका खेलेकोभन्दै प्रहरीले त्यसका अगुवालाई पक्राउ गर्न थालेको छ । राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलनका संयोजक पूर्वपञ्च नेता नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ भने राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धबलशमशेर राणालाई पक्राउ गरिएको छ । सुबेदीलाई गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले नजरबन्दमा राखेको हो ।

राजसंस्था पक्षधरको शुक्रबारको आन्दोलन भड्किनुको मुख्य दोष भने कमाण्डर तोकिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई लगाइएको छ । उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिए पनि उनी फरार रहेको प्रहरीस्रोतले बतायो ।

त्यस्तै राजावादीको आन्दोलन भड्काएको आरोपमा अधिवक्तासमेत रहेका स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ पनि पक्राउ परेका छन् । तीनकुनेको प्रदर्शन हिंसात्मक भएपछि सहभागीहरु तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएका थिए । सामान्य रुपमा सुरु भएको प्रदर्शन संयुक्त आन्दोलनका कमाण्डर तोकिएका प्रसाईले गाडी चलाएर जर्बजस्ती प्रहरी घेरा तोड्न खोजेपछि भड्किएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij