Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं अझै फरार !

राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं अझै फरार !

काठमाडौं : राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन् । शुक्रबार साँझबाट नै प्रहरीले खोजी गरिरहे पनि प्रसाईंलाई पक्राउ गर्न सकेको छैन ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले प्रसाईंलाई खोजी गर्ने कार्य जारी रहेको बताए । उनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली प्रसाईंलाई पक्राउ गर्न खटिएको छ ।सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले जहाँ भन्छ त्यहीँ आउने बताएका प्रसाईं मोबाइल स्वीचअफ गरेर फरार छन् ।

राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल भने पक्राउ परेका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij