काठमाडौं : काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको छ ।गृह मन्त्रालयका अनुसार शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु हो ।
प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ ।यस्तै १५ जना सुरक्षाकर्मी घाइते भएका छन् भने १५ जना नै प्रदर्शनकारीहरू पनि घाइते भएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij