Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तीनकुनेको घरमा लागेको आगो निभाउने क्रममा पुगेको दमकलमाथि समेत ढुंगामुढा

तीनकुनेको घरमा लागेको आगो निभाउने क्रममा पुगेको दमकलमाथि समेत ढुंगामुढा

काठमाडौं : राजधानीको तीनकुनेस्थित एक घरमा लागेको आगलागी निभाउने क्रममा समेत राजावादी प्रदर्शनकारी दमकलमाथि ढुंगामुढामा उत्रिएका छन् । राजावादीको प्रदर्शनकै बीच तिनकुनेस्थित एक घरमा एकाएक आगलागी भएको थियो । आगजनी प्रदर्शनकारीले गरेका हुन् या आफैँ आगलागी भएको हो भन्नेबारे खुलिसकेको छैन ।

यद्यपि उक्त आगलागी निभाउन दमकल पुग्दा ढुंगामुढा भएको हो । राजावादीहरुले राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकै क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप सुरु भएको थियो । झपड उग्र बन्दै गर्दा प्रहरीले गोली समेत चलाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij