मनहरी : मनहरी गाउँपालिका वडा नं ६ को लोथर बजारमा सवारी दुर्घटनामा परी मनहरीमा तरकारी व्यवसाय सञ्चालन गर्दै आएका एक व्यक्तिको मृत्यु भएको छ।शुक्रबार बिहान ३:१५ बजे तरकारी लिनका लागि नारायणगढ तर्फ जाँदै गरेका तरकारी व्यवसायी सन्देश कोइरालाले चलाएको बा प्र. ०३-००१ च ३०१२ नं. को खाली म्याजिक गाडी दुर्घटनामा परेको हो।
विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३-००६ ख ५६८१न.को बसले कोइराला सवार गाडीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।दुर्घटनामा परी राक्सिराङ गाउपालिका- ४ घर भई मनहरीमा व्यवसाय गर्दै आएका ३२ बर्षीय सन्देश कोईराला गम्भीर घाइते भएका थिए ।
उनको खुट्टा,टाउको र शरिरमा चोट लागी उपचारको लागी चितवन नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा बिहान ०४:१५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij