Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सिनामंगलबाट लागूऔषधसहित दुई जना पक्राउ

सिनामंगलबाट लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौँ : काठमाडौँको सिनामंगलबाट सशस्त्र प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । करिब ७ किलोग्राम लाागूऔषध पोल्यान्डसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले  बताए ।

पक्राउ पर्नेमा खोटाङको लामिडाँडा–७ घर भएर गौशाला बस्ने २१ वर्षिय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ घर भएर सिनामंगल बस्ने ४५ वर्षिया लक्ष्मी परियार छन् । सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूलाई कानुनी कारबाहीका लागि सशस्त्रले स्थानीय प्रहरीलाई जिमा लगाएको छ ।

यसअघि सशस्त्रले फागुन १ मा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ मा कोटेश्वरबाट पाँच किलोग्राम दरको लागूऔषधसहित तीन जना युवकलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij