Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

१०० रुपैयाँ फिर्ता नदिँदा ढुंगाले हानेर ओमप्रकाशको हत्या, संलग्न एक जना पक्राउ

१०० रुपैयाँ फिर्ता नदिँदा ढुंगाले हानेर ओमप्रकाशको हत्या, संलग्न एक जना पक्राउ

काठमाडौं : भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगर छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई पक्राउ गरेको हो।

१०० रुपैयाँको विवादमा ओमप्रकाशको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । १०० रुपैयाँ ओमप्रकाशले खोसेर लगेको र त्यही विवादमा ढुंगाले हानेर हत्या गरेको बुढामगरले बयान दिएका छन्।

आरोपीलाई आजै प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । आइतबार बिहानै ५ः५५ बजेतिर निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा उनी मृत भेटिएका थिए।

प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो। दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो। उनीहरु दुबै जना कवाडी संकलक हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij