Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कोइला बोकेको ट्रेलर त्रिशूलीमा खस्यो, चालकको मृत्यु, एकजना घाइते

कोइला बोकेको ट्रेलर त्रिशूलीमा खस्यो, चालकको मृत्यु, एकजना घाइते

धादिङ : मुग्लिन-नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानमा कोइला बोकेको ट्रेलर त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् ।दुर्घटनामा परी ट्रेलर चालक रौतहट घर भएका अन्दाजी ३०/३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटना आज बिहान करिब साढे ६ बजे भएको बताईएको छ । बागमती प्रदेश ०३-००१ ख ४८७४ नम्बरको ट्रेलर अनियन्त्रित भई त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । सहचालकको अहिले नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij