Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

संखुवासभामा टेम्पो चोरी गर्ने एक जना पक्राउ

संखुवासभामा टेम्पो चोरी गर्ने एक जना पक्राउ

संखुवासभा : संखुवासभा प्रहरीले टेम्पो चोरी गर्ने एक जना पक्राउ गरेको छ । टेम्पो चोरीको आरोपमा खाँदबारी नगरपालिका–९ का १८ बर्षीय हरी मग्राती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।

पक्राउ गरिएका मग्राती गत भदौ ५ गते खाँदबारी नगरपालिका–८, विष्णेधारामा हिराधन राईले आफ्नै घरअगाडि पार्किङ गरी राखेको को २ ह १५५० नम्बरको टेम्पो चोरीको प्रहरी कार्यालयमा उजुरी परेको थियो ।टेम्पो चोरी लगत्तै फरार भएका मग्रातीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार तुम्लिङटारबाट पक्राउ गरेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो ।

उनीलाई जिल्ला अदालत संखुवासभाले गत मङ्सिर ९ गते तीन महिना ९ दिनको कैद सजाय सुनाएको थियो । पक्राउ परेका मग्रातीलाई फैसला कार्यान्वयनका लागि अदालत मार्फत कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij