Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रत्नपुरीमा अवैध रूपमा सञ्चालित स मिलका उपकरण नियन्त्रणमा

रत्नपुरीमा अवैध रूपमा सञ्चालित स मिलका उपकरण नियन्त्रणमा

पर्सा : बिरगंज महानगरपालिका वडा नं. २९ रत्नपुरीमा करिब १० वर्षदेखि अवैध रूपमा सञ्चालनमा रहेको स मिलका सम्पूर्ण उपकरणहरू नियन्त्रणमा लिइएको छ । डिभिजन बन कार्यालय पर्साबाट अधिकृत अरिफ हुसैनको कमाण्डमा गएको बन टोलीले स मिलको औजारहरु नियन्त्रणमा लिएको डिभिजन बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

उक्त स मिलका सञ्चालक नुरहोदा खानले सञ्चालन गरेका थिए ।केही दिनअघि सोही स मिल नजिकबाट अवैध काठ चिरान गरिरहेको अवस्थामा बरामद गरिएपछि डिभिजन बन कार्यालय पर्साले आवश्यक कागजात पेश गर्न निर्देशन दिएको थियो। तर, तोकिएको समयभित्र कागजात उपलब्ध गराउन नसकेपछि स मिल अवैध रूपमा सञ्चालित रहेको प्रमाणित भएको थियो।

त्यसपछि डिभिजन वन कार्यालय पर्सा, सबैया सब–डिभिजन वन कार्यालय, बड्निहार सब–डिभिजन वन कार्यालय, जनपथ प्रहरी तथा सशस्त्र प्रहरीको सहकार्यमा स मिलमा रहेको सम्पूर्ण उपकरण नियन्त्रणमा लिइएको डिभिजनल बन अधिकृत अहमदले जानकारी दिए ।नियन्त्रणमा लिइएका उपकरणहरूमा मेसिन, औजार, अरा, दमकल लगायतका सामग्री समावेश छन्। ती सबै सामग्रीहरू हाल डिभिजन वन कार्यालयको नियन्त्रणमा राखिएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij