Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नागढुंगामा भएको हाइस दुर्घटनामा एकको मृत्य, नौजना घाइते

नागढुंगामा भएको हाइस दुर्घटनामा एकको मृत्य, नौजना घाइते

चितवनबाट यात्रु लिएर काठमाडौं आएको हाइस गाडी नागढुंगामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्। ग १ ख ५५४६ नम्बरको हाइस चन्द्रागिरि नगरपालिका–२, नागढुंगा ढलानमा आइतबार अपराह्न पाँच बजे दुर्घटनामा परेको हो। रोकिराखेको अवस्थामा गाडी गुडेर अनियन्त्रित भई सडक पेटीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।

दुर्घटनामा घाइते भएकी २५–२६ वर्षीय युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन। त्यस्तै, चितवन कालिका नगरपालिका– ७ घर भएकी ६८ वर्षीया तारादेवी कुमाल गम्भीर घाइते भएकी छिन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

त्यस्तै, काठमाडौं– १५ की ३३ वर्षीया बिन्दु देवकोटा, उनका ३० महिनाका छोरा दिव्यन पोख्रेल, चितवन भरतपुर–६ की ४९ वर्षीया अनिता थापा, उनकी १७ वर्षीया छोरी एरिसा थापा, भरतपुर–४ का ३७ वर्षीय मोहित गुरुङ, कालिका–७ की २५ वर्षीया सीमा कुमाल, उनका ६ वर्षीय छोरा इसान कुमाल र सर्लाहीका कुसुम राई पनि घाइते भएका छन्। गाडीचालक नुवाकोट बेलकोटगढी घर भएका राजेश गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको एसपी बोहराले बताए। घाइतेमध्ये केही डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij