Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सालकको खपेटासहित थानकोटबाट एक जना पक्राउ

सालकको खपेटासहित थानकोटबाट एक जना पक्राउ

काठमाडौं : प्रहरीले सालकको खपेटासहित एक जनालाई पक्राउ गरेको छ।चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित चित्लाङ-थानकोट सडकखण्डबाट एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका-६ का ३२ वर्षीय सुवास तामाङ रहेका छन्।

उनले बोकेको झोलाबाट आठ वटा सालकका खपेटा, एउटा नंग्रा, हड्डी, दुम्सीको काँडा जस्तो तीन वटा, ५२ हजार रुपैयाँ र एउटा मोबाइल बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।उनीलाई पक्राउ गरी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय काठमाडौं हात्तिसारमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij