Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्युपछि अवस्था तनावग्रस्त

बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्युपछि अवस्था तनावग्रस्त

बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्युपछि तनाव उत्पन्न भएको छ।स्थानीयले पानी ट्यांकरमा आगजनी गरेका छन्। प्रहरी चौकी बेतहनीमा समेत ढुंगामुढा हुन थालेको छ।घटनास्थलतर्फ बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफै लागेका छन्।

जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा आइतबार दिउँसो एउटा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्युपछि स्थानीय आक्रोसित बनेका हुन्।

प्रहरीले पुगेर चालकलाई प्रहरी चौकी बेतहनीमा ल्याएपछि स्थानीय त्यही आएर ढुंगा हान्न थालेका हुन्।स्थानीयका अनुसार घटना भइसकेपछि केही ढिला गरी मात्रै प्रहरी घटनास्थल पुगेको थियो। त्यतिखेरसम्म आक्रोसित स्थानीयले ट्यांकरमा आगजनी गरिसकेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij